Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

चिसोले जनजीवन प्रभावित भएपछि सेनाद्वारा दाउरा वितरण

११ शुक्रबार , पौष २०८२२ महिना अगाडि

चिसोले जनजीवन प्रभावित भएपछि सेनाद्वारा दाउरा वितरण

मधेशका केहि स्थानमा पछिल्लो केही दिनदेखि लागेकाे बाक्लो हुस्सु र शीतलहरका कारण बढेको चिसोले जनजीवन प्रभावित बनेकाे छ । चिसाेले जनजिवन प्रभावित भएपछि राहत स्वरूप नेपाली सेनाले दाउरा वितरण गरेको छ ।

सिराहा जिल्लाको चोहर्वास्थित नेपाली सेनाको नन्दाबक्स गणले शीतलहरबाट मानवीय क्षति हुन नदिन मुख्य बजार र दलित बस्तीहरूमा दाउरा वितरण गरेको बताइएकाे छ । गणका सहसेनानी रेशमराज अधिकारीको कमान्डमा खटिएको टोलीले हिजाे बजार क्षेत्रको मानिसहरूको बढी जमघट हुने मुख्य नौ वटा चोकमा आगो ताप्न दाउरा वितरण गरेकाे हाे ।

सेनाको टोलीले हिजाे बिहानदेखि मिर्चैयाको साझा चोक, कटारी चोक, थाना चोक, साप्ताहिक हटिया क्षेत्र गरी नौ स्थानमा आगो ताप्न दाउरा वितरण गरेकाे बताइएकाे छ । यसअघि बुधबार गोलबजार नगरपालिका-१० को बुद्ध चोक, बिचला टोल र दलितहरूको बसोबास रहेको धोबियाधारमा दाउरा वितरण गरेको थियो ।