Advertisement Banner
Advertisement Banner

११ शुक्रबार, पौष २०८२20th November 2025, 6:33:20 pm

कोकिनसहितका लागूपदाथ बाहक पक्राउ

१० बिहिबार , पौष २०८२११ घण्टा अगाडि

कोकिनसहितका लागूपदाथ बाहक पक्राउ

कोकिन ४ किलो ३ सय ग्राम सहित ३ जना पक्राउ
काठमाडौं, १० पुस । काठमाडौं महानगरपालिका ९ सिनामंगलबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने पदार्थ ४ किलो ३ सय ग्राम सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा थाई नागरिक ४० वर्षीया मिस रुसनी कामा, भारतीय नागरिकहरू ५५ वर्षीय जेभियर माथुर २१ वर्षीय मुर्सलेन हुसेन रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले लाओसबाट थाईल्याण्ड हुँदै काठमाडौं आएकी  कामालाई कोकिन जस्तो देखिने पदार्थ ५ सय ५० ग्राम सहित पक्राउ गरेको हो । यसैगरी लाओसबाट सिंगापुर हुँदै काठमाडौं आएका जेभियर उनले ल्याएको सुटकेश रिसिभ गर्न आएका हुसेनलाई कोकिन जस्तो देखिने पदार्थ ३ किलो ७ सय ५० ग्राम सहित प्रहरीले पक्राउ गरेको हो ।  
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
काठमाडौं, १० पुस ।     काठमाडौं, चन्द्रागिरी नगरपालिका १३ पनेरूटोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७२ एम्पुल, प्रोमेथाजाइन ७२ एम्पुल, बुप्रेनोर्फिन ७२ एम्पुल र ट्रामाडोल १० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका(२५ घर भएका २४ वर्षीय साजन पौडेललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
    कैलाली, टिकापुर नगरपालिका(८ बटनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित बर्दगोरिया गाउँपालिका(५ स्याउलीनगर बस्ने २८ वर्षीय दिनेश शाही समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।
यसैगरी कैलाली, टिकापुर नगरपालिका ९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका ४ भल्का बस्ने २२ वर्षीय रमेश नेपालीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
सुनसरी, धरान उपमहानगरपालिका १० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय मिलिग्राम र नगद ४७ हजार रूपैयाँ सहित ४ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका(१० बस्ने मोरङ घर भएका ३० वर्षीय बिशाल तामाङ, सोही उपमहानगरपालिका(७ बस्ने भारत सुपौल ईसानपुर घर भएका २० वर्षीय बिकाश कुमार, सोही उपमहानगरपालिका(३ बस्ने २१ वर्षीय राजु दास र सोही उपमहानगरपालिका(१० बस्ने झापा भद्रपुर घर भएका २७ वर्षीया अनु साह रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
धनुषा, विदेह नगरपालिका १ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम सहित सिराहा नरहा गाउँपालिका(४ बस्ने २२ वर्षीय मिसनराज यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म।प्र।०२(००६ प ००८८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका(११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ११ बस्ने २८ वर्षीय हरि लामा, सोही नगरपालिका १२ बस्ने ३३ वर्षीय धन बहादुर विक र १९ वर्षीय मनिष देवकोटा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, जगरनाथपुर गाउँपालिका २ बाट अवैध लागूऔषध गाँजा ३ किलो १ सय २५ ग्राम सहित भारत बिहार पश्चिम चम्मपारण ग्राम पन्चायत नरकटिया ११ बस्ने २५ वर्षीय सोमित कुमारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरीले बिआर २२ बिएल ०६३२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका १८ लामागाउँबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९ एम्पुल, फेनारगन १३ एम्पुल, बुप्रेनोर्फिन ८ एम्पुल र नगद १५ हजार २ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २५ वर्षीया पुर्णिमा गुरूङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 
झापा, भद्रपुर नगरपालिका ५ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४० मिलिग्राम सहित बिर्तामोड नगरपालिका(८ सैनिकमोड बस्ने १९ वर्षीया साहारा श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

करिब १ सय ८० किलो गाँजा बरामद
सुनसरी, १० पुस । धरान उपमहानगरपालिका ६ पानबारी चोकटीबाट वेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय ८० किलोग्राम बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले डब्लुबि ०२ एए १४०२ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।