Advertisement Banner
Advertisement Banner

११ शुक्रबार, पौष २०८२20th November 2025, 6:33:20 pm

पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’

१० बिहिबार , पौष २०८२११ घण्टा अगाडि

पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’

काठमाण्डौ । लेखिका पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमबीच विभन्न क्षेत्रका अग्रज महानुभाव तथा साहित्यकारहरुको अपस्थीतिमा ‘पुर्पुरो’ सार्वजनिक गरिएको हो । 
बाल्यकालमा अथाह संर्घष, दुख र शहरी गरिवीको दुश्चक्रले प्रताडित बनेकी तिवारीले पुस्तकमा आफना ती पेचिला दिनहरु उतारेकी छिन् । आजका युवाहरुले आमाबाबाको अथाह माया, सुविधा र शुखका दिनहरु गुर्जादा पनि भनेजस्तो गर्न नसकिरहँदा तिवारीको आत्मकथाले धेरैलाई प्रेरणा दिनसक्छ । आफ्नी दिबंगत आमाले आफु र भाइलाई पढाउन गरेको अथक संर्घष, बाल्यकालमा भोगेका रोग, भोक, अभाव र दुख, संर्घष अनि अहिलेको आफनो सन्तुष्टी र प्रगतीलाई  समेत पुस्तकमा उतारिएको छ । 
हुन त नेपालमा कर्णाली प्रदेशका कतिपय जिल्लाहरुमा अझै भोकमरी छ । त्यहाँ लाखौं मान्छे रोग, भोक, दुख र संर्घषको मैदानमा छन् । कर्णालीलाई दुखको घर पनि भनिन्छ र सम्भावनाको थलो पनि । देशमा अहिले पनि २१ प्रतिशत मानिस निरपेक्ष गरिवीमा जिवन बाँचीरहेका छन् । यस्तोमा शरहमा हुर्के, बढेकाहरुले के नै दुख पाए होलान् र ? भन्नेहरु पनि हुन्छन् । फेरी दुख र संर्घष त नेपालीहरुको भाग्यमा लेखिएकै कुरा त हो नि भन्न सकिएला । तर पार्वती तिवारीको कथा बेग्लै हो र हृदयविदारक पनि छ । उनको कथामा शहरी गरिवी झन् कति पेतिलो छ र फराकिलो बन्दैछ भन्ने तस्विर देखिन्छ । यद्यपी शहरमा गरिवी मात्र छैन, मानवता पनि छन् र समाजसेवी हातहरुले धेरैको अन्धकार जिन्दगीलाई उज्यालो बनाएको पुस्तक बढ््दा थाहा हुन्छ । पार्वतीले आफनै कथावस्तुलाई जसरी साहित्यीक ढंगले पस्केकी छिन् त्यसले पुस्तक पढ्न जाँगर दिनेछ । भुईतहबाट उठेकी तिवारी अहिले एउटा ‘क’ बर्गको बैंकमा अधिकृत तहमा पुग्न सफल भएकी छिन् । उनको कथा धेरैलाई प्रेराणाको स्रोत बन्नसक्छ । 
आफैले भोगको सत्यलाई प्रकट गरिएको यस पुस्तकमा नेपाली परिवेशको यर्थात समेत प्रस्तुत गरिएको छ । नेपाली समाजको प्रवृत्ति, उचनीच ब्यवहार, सामन्तपना र विभेद, गरिव तथा दनदुखीहरुलाई गरिने ब्यवहार र हेरिने दृष्टि लगायत तमाम सामाजिक प्रबृतिको आलोकमा यस कृति युवापुस्ताको लागि अत्यन्त सन्देशमुलक हुनेछ । 
पुस्तक सनातन प्रेस, वानेश्वरले मुद्रण गरेको हो । पुस्तकमाथी डा हेम भण्डारी, मर्हषि ल कलेजका नि. क्याम्पस प्रमुख दिनदयाल रेग्मी लगायतले टिप्पणी गर्नुभएको छ । पुस्तकको मुल्य ५ सय रहेको छ । पुस्तकको वितरक भृकुटीमण्डप स्थीत कालिन्चोक पुस्तक पसल रहेको छ ।