Advertisement Banner
Advertisement Banner

१० बिहिबार, पौष २०८२20th November 2025, 6:33:20 pm

हात्तीको आक्रमणबाट एक युवक घाइते

१० बिहिबार , पौष २०८२४ घण्टा अगाडि

हात्तीको आक्रमणबाट एक युवक घाइते

झापामा जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन् । मेचीनगर नगरपालिका-१३, हातेमालो सामुदायिक वनमा हिजाे साँझ हात्तीले आक्रमण गर्दा स्थानीय २६ वर्षीय आकाश दाहाल घाइते भएका हुन् ।

हिजाे सँझ करिब ६ बजे दाउरा लिन वनमा गएका बेला उनलाई जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

 हात्तीको आक्रमणबाट उनको दाहिने खुट्टामा चोट लागेको र अहिले घाइतेको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको जनाइएकाे छ ।