
मोटरसाइकल दुर्घटनामा परि क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा उनकाे मृत्यु भएकाे हाे ।
विराटनगर महानगरपालिका-४, भित्री सडक खण्डमा गएराति १ बजे मोटरसाइकल दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा परि गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
२७ वर्षीय थापा कोशी प्रदेशका राम्रा क्रिकेट खेलाडी थिए । उनले विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग खेलेका थिए भने कोशी प्रदेशबाट अन्य फ्रेन्चाइज लिगसमेत खेलेका छन् ।


