Advertisement Banner
Advertisement Banner

३२ बिहिबार, असार २०८३13th July 2026, 9:36:25 am

त्रिविले ५१औँ दीक्षान्त समारोह गर्दै

१० बिहिबार , पौष २०८२७ महिना अगाडि

त्रिविले ५१औँ दीक्षान्त समारोह गर्दै

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ । आजकाे दीक्षान्त समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने बताइएकाे छ ।
 
विश्वविद्यालयको इतिहासमा पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्न लागिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले जनाएका छन् ।जापनकाे टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाएका थिए ।

दीक्षान्तका मण्डप निर्माण, दीक्षित विद्यार्थी र अभिभावक बस्ने कुर्सीको व्यवस्थापनलगायत सबै काम पुरा भएकाे छ । यसपटक त्रिविका १६ हजार ३ सय भन्दा बढी विद्यार्थी दीक्षित हुने छन् भने दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी हुने जनाइएको छ ।

विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १ सय ९१ विद्यार्थी उत्तीर्ण भएका छन् । जसमध्ये १६ हजार ३ सय ८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएकाे उपकुलपति प्रा. डा. अर्यालले बताएका छन् ।

आजकाे दीक्षान्त समारोह कार्यक्रममा विभिन्न संकाय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदक पाउने छन् भने त्रिविबाट यसपटक मानविकीका १४ हजार ८ सय ५१, व्यवस्थापनबाट ४३ हजार ६ सय १०, कानुनका २ हजार ३ सय ३५ र शिक्षातर्फ १६ हजार ४ सय ६७ जना उत्तीर्ण भएका छन् ।