
नेपाली बजारमा सुनकाे मूल्य लगातार बृद्धि भएकाे छ । आज सुनचाँदीकाे मूल्यमा लगातर बृद्धि हुँदै नयाँ रेकर्ड बनाएको छ ।
हिजाेकाे तुलनामा आज सुन प्रतिताेला ९ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे मंगलबार सुन तोलाको २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरि आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन मंगलबार तोलाको ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज बुघबार बढेर ४ हजार ४ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


