
ताप्लेजुङकाे फुङलिङमा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । फुङलिङ नगरपालिका–९, हाङ्देवामा जङ्गली भालुको आतङ्क नियन्त्रणका लागि फलामको खोर राखिएको हाे ।
जङ्गली भालुको आतङ्क बढेसँगै केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै आएको छ भने गत साता भालुको आक्रमणबाट केहि चाैपाय मरेकाे र केहि घाइते भएका छन् । अहिले भालुको आतङ्क बढेपछि डिभिजन वन कार्यालयको अगुवाइमा फलामे खोर राखिएको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष सुरज ओझाले जनाएका छन् ।
अहिले भालुले पटक पटक आक्रमण गर्दै आएको स्थानीय किसान नारायणप्रसाद भण्डारीको भेडाबाख्रा राखिएको खोर नजिकै फलामे खोर राखिएको छ । भण्डारीको खोरमा भालु पटकपटक प्रवेश गरेकाले पुनः आउन सक्ने भएकाले त्यहाँ खोर राखिएको अध्यक्ष ओझाले बताएका छन् ।
निमित्त डिभिजन वन अधिकृत ललितकुमार यादव, फेकोफनका जिल्ला अध्यक्ष ओझा, वडाध्यक्ष लक्षुमन गुरुङ र नेपाल प्रहरीका प्रतिनिधिसहितको टोलीले भालुको आतङ्क नियन्त्रणका लागि छलपल गरेका छन्
भालुको आतङ्क बढेसँगै स्थानीय घाँस, दाउरा सङ्कलन र अलैँचीखेती गर्न जङ्गल जान समेत नसकेकाे बताइएकाे छ भने यता स्थानीय जनप्रतिनिधिले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका छन् ।


