Advertisement Banner
Advertisement Banner

१० बिहिबार, पौष २०८२20th November 2025, 6:33:20 pm

फरार कैदीबन्दी टसी तामाङ पक्राउ

०९ बुधबार , पौष २०८२एक दिन अगाडि

फरार कैदीबन्दी टसी तामाङ पक्राउ

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट फरार भएका एकजना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ का टसी तामाङलाई पक्राउ गरेको हाे ।

वन्यजन्तुको आखेट पहार ओसारपसार मुद्दाका फरार कैदीबन्दीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेकाे हाे । केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट फरार रहेका उनलाई मंगलबार पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

संरक्षित वन्यजन्तु सालकको खपटा आखेट पहार ओसारपसार मुद्दामा गौरीशंकर संरक्षण क्षेत्रकाे कार्यालय दोलखाकाे २०७० मङ्सिर १७ गतेको फैसलाबमोजिम तामाङले पाँच वर्ष कैद र ६२ हजार १७५ जरिवाना ठहर भई जगन्नाथ देवल, सुन्धारा कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।

आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भई लुकिछिपी बसेको अवस्थामा तामाङलाई ब्युरोको टोलीले काठमाडौँस्थित गोकर्णेश्वरबाट पक्राउ गरी केन्द्रीय कारागार कार्यालय, जगन्नाथ देवलमा पेस गरेको बताइएकाे छ ।