Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

दुई दिनमै राहदानी उपलब्ध गराउँदै राहदानी विभाग

०९ बुधबार , पौष २०८२२ महिना अगाडि

दुई दिनमै राहदानी उपलब्ध गराउँदै राहदानी विभाग

अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने राहदानी विभागले जनाएको छ । विभागले राहदानी आवश्यक भएकालाई तत्काल उपलब्ध गराउने जनाएकाे हाे ।

राहदानी विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि ७ लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको र साेहिअनुसार ३ लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसके बताउँदै आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको हो ।

अहिले विभागले पूर्ण क्षमतामा राहदानी आपूर्ति गराइरहेको जनाउँदै राहदानी जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिएकालाई उपलब्ध गराइने बताइएकाे छ । 

जसअनुसार गत मंसिर १५ गतेसम्म आवेदन दिएकालाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइने र त्यसपछि आवेदन दिएकालाई क्रमशः राहदानी उपलब्ध गराइने विभागले जनाएको छ ।