Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

०८ मंगलबार , पौष २०८२१० महिना अगाडि

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

२०८३ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरिएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरेको हाे ।

परीक्षा बोर्डले शैक्षिक सत्र २०८२/०८३ को वार्षिक कार्यतालिका अनुसार नियमित तथा आंशिक दुवै तर्फका विद्यार्थीका लागि परीक्षा फाराम खुला गर्दै फाराम भर्न आह्वान गरेको हो ।

बोर्डकाे सूचना अनुसार साधारण समयभित्र परीक्षा शुल्क बुझाउन चाहने विद्यार्थीले २०८२ पुस मसान्तभित्र तोकिएको रकम दाखिला गरिसक्नुपर्नेछ भने उक्त अवधिमा शुल्क बुझाउन छुटेमा माघ १५ गतेसम्म विलम्ब शुल्कसहित रकम बुझाएर फाराम भर्न सकिने व्यवस्था गरेको सूचनामा उल्लेख गरेकाे छ ।

यस पटकको परीक्षामा नियमिततर्फ रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ८२ भएका विद्यार्थी सहभागी हुन पाउनेछन् । त्यस्तै, आंशिकतर्फ रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ७९, ८० र ८१ भएका परीक्षार्थीले मात्र आवेदन दिन पाउने बोर्डले जनाएको छ ।

त्यस्तै परिक्षा बोर्डले शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीको फाराम माघ २५ गतेसम्म बुझाइसक्न विद्यालयहरूलाई निर्देशन समेत दिएको छ ।