Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सुनचाँदीको मूल्य बढ्याे

०७ सोमबार , पौष २०८२२ महिना अगाडि

सुनचाँदीको मूल्य बढ्याे

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज प्रतिताेला सुन ३ हजार ४ सय रुपैयाँले बढेर २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजाे आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरि आज चाँदीको पनि मूल्य बढेको छ । चाँदी प्रतिताेला  १ सय ३० रुपैयाँले बढेर प्रतितोलामा ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।