Advertisement Banner
Advertisement Banner

०७ सोमबार, पौष २०८२20th November 2025, 6:33:20 pm

शैक्षिक हडतालका कारण विद्यार्थीकाे पठनपाठन प्रभावित

०७ सोमबार , पौष २०८२१३ घण्टा अगाडि

शैक्षिक हडतालका कारण विद्यार्थीकाे पठनपाठन प्रभावित

आज ‘जनपक्षीय विद्यार्थी युनियन, नेपाल’ नामक संगठनले आह्वान गरेको शैक्षिक हडतालका कारण काठमाडौँ उपत्यकाको पठनपाठन प्रभावित भएकाे छ । शैक्षिक हडतालका कारण धेरै विद्यालयहरूले पठनपाठन स्थगित गर्दा विद्यार्थीकाे पठनपाठन प्रभावित भएकाे हाे ।  

शैक्षिक क्षेत्रमा खासै नाम नसुनिएको ‘जनपक्षीय विद्यार्थी युनियन, नेपाल’ नामक संगठन भए पनि सुरक्षा संवेदनशीलता र सम्भावित तोडफोडको त्रासका कारण राजधानीका थुप्रै निजी विद्यालयहरूमा पठनपाठन स्थगित गरिएकाे छ । बिहानैदेखि कतिपय विद्यालयले अभिभावकहरूलाई सन्देश पठाउँदै र सूचना टाँस गरेर विद्यालय बन्द रहने जानकारी गराएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) निकट मानिएको यस विद्यार्थी संगठनले वर्तमान शिक्षा प्रणाली जनविरोधी भएको र राज्य शिक्षाप्रति गैरजिम्मेवार बनेको आरोप लगाउँदै आन्दोलनमा उत्रिएको जनाएको छ ।