Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

सरकारकाे विराेधमा ‘जेनजी’ समूहले माइतीघरमा विरोध प्रदर्शन गर्ने

०७ सोमबार , पौष २०८२१० महिना अगाडि

सरकारकाे विराेधमा ‘जेनजी’ समूहले माइतीघरमा विरोध प्रदर्शन गर्ने

जेनजी आन्दाेलनकाे बलमा बनेकाे शुसिला कार्की नेतृत्वकाे अन्तरिम सरकारकाे कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ‘जेनजी’ समूहले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ । सरकारले वा पुस्ताको भावना र आन्दोलनको मर्मलाई आत्मसात् गर्न नसकेको भन्दै मिराज ढुंगाना नेतृत्वको समूह १० बुँदे मागसहित सडकमा ओर्लिन लागेको हो ।

सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने बताइएको छ । हिजाे एक पत्रकार सम्मेलनमार्फतआज बिहान ११ बजे माइतीघर मण्डलामा ‘शान्तिपूर्ण आन्दोलन’ गर्ने घोषणा गरिएको हाे ।

ढुंगाना नेतृत्वको समूहले अहिलेको राजनीतिक निकासका लागि विद्यमान सरकारको विकल्पमा सर्वपक्षीय सरकार गठन हुनुपर्ने मुख्य माग अघि सारेको छ । उनिहरुले सार्वजनिक गरेको १० बुँदे मागपत्रमा देशको शासकीय स्वरूपमै परिवर्तनको खाँचो औंल्याइएको छ भने राज्यपुनर्संरचना, राजनीतिक स्थिरता र सुशासनका लागि सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभामार्फत संविधान पुनर्लेखन गर्नुपर्ने माग राखेका छन् ।

उनिहरूले आन्दोलनका क्रममा पक्राउ परेका जेनजी युवाहरूमाथि लगाइएका झुटा मुद्दा खारेज र उनिहरूकाे तत्काल रिहाइ गर्न माग गर्दै दमनमा संलग्नमाथि कारबाही गर्न सरकारलाई अल्टिमेटम दिइएको छ । त्यस्तै शक्तिशाली भ्रष्टाचार निर्मुल आयोग गठन, न्यायालयको फैसलाको प्रत्यक्ष प्रसारण, विदेशमा रहेका नेपालीलाई मताधिकार र ‘एकपटकको नेपाली, सधैंको नेपाली’ नीति कार्यान्वयन लगायतको माग अघि सारेकाे छ ।