Advertisement Banner
Advertisement Banner

०७ सोमबार, पौष २०८२20th November 2025, 6:33:20 pm

आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

०६ आइतबार , पौष २०८२एक दिन अगाडि

आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

आज संयुक्त राष्ट्रसंघको घोषणाअनुसार ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिकलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरे अनुसार डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउन थालिएकाे हाे ।

संयुक्त राष्ट्रसंघकाे घोषणा अनुसार नेपालमा पनि ध्यान दिवस मनाउन थालिएकाे छ भने यसै क्रममा आज शिक्षा, विज्ञान प्रविधि मन्त्रालयको आयोजनामा यो दिवस मनाएको छ । गत वर्ष डिसेम्बर ७ तारिकमा संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिकलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो ।

सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएकोमा गत वर्षकाे डिसेम्बर ७ मा राष्ट्रसंघको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो । गत वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा ध्यान दिवस मनाइएको थियो ।