Advertisement Banner
Advertisement Banner

०७ सोमबार, पौष २०८२20th November 2025, 6:33:20 pm

वर्षको सबैभन्दा छोटो दिन आज

०६ आइतबार , पौष २०८२एक दिन अगाडि

वर्षको सबैभन्दा छोटो दिन आज

आज वर्षको सबैभन्दा छोटो दिन अर्थात डिसेम्बर २१ तारिक । खगोल विज्ञानको भाषामा यसलाई  शीतकालीन अयनान्त समेत भन्ने गरिन्छ ।

आजकाे दिन सूर्य कर्क रेखाबाट मकर रेखा अर्थात् उत्तरायणबाट दक्षिणायनमा प्रवेश गर्ने दिनकाे रुपमा समेत मानिन्छ । आज पृथ्वीको उत्तरी गोलार्धमा दिनको लम्बाइ सबैभन्दा छोटो हुन्छ भने रातिको समय वर्षकै लामो हुन्छ ।  

डिसेम्बर २१ मा दिन ८ घण्टासम्मको र रात १४ घण्टासम्मको हुने गर्दछ भने यसको निर्धारण उत्तरी गोलार्धमा स्थित देशको 'टाइम ज़ोन' र भौगोलिक अवस्थितिअनुसार हुन्छ । शीतकालीन अयनान्त जस्तै २१ जूनमा ग्रीष्म अयनान्त हुन्छ । 

यो दिन दक्षिणी गोलार्द्धमा दिन सबै भन्दा सानो र उत्तरी गोलार्द्धमा दिन सबैभन्दा लामो हुन्छ । खगोल विज्ञानका अनुसार २१ मार्च र २३ सेप्टेम्बरमा दिन र रात बराबरी हुने बताइएकाे छ ।