Advertisement Banner
Advertisement Banner

३२ बिहिबार, असार २०८३13th July 2026, 9:36:25 am

ज्ञानोदयका विद्यार्थीह सिभिल इन्जिनियरका विद्यार्थीहरूसँग

०४ शुक्रबार , पौष २०८२७ महिना अगाडि

ज्ञानोदयका विद्यार्थीह सिभिल इन्जिनियरका विद्यार्थीहरूसँग

काठमाडौं । ज्ञानोदय माध्यमिक विद्यालय काठमाडौका सिभिल इन्जिनियरका विद्यार्थीहरूले शुक्रबार भक्तपुरको आधुनिक तथा वातावरणमैत्री निर्माण सामग्रीबारे प्रत्यक्ष अध्ययन गरेका छन् । ज्ञानोदय माध्यमिक विद्यालयको प्राविधिक सिभिल इन्जिनियरिङ कार्यक्रमअन्तर्गत अध्ययनरत ४९ जना विद्यार्थीहरूले नेपाल इको प्यानल उद्योगको स्थलगत अवलोकन भ्रमण गरेका हुन् । भ्रमणका क्रममा विद्यार्थीहरूले इपिएस सिमेन्टमा आधारित स्यान्डविच प्यानलको उत्पादन प्रक्रिया प्रत्यक्ष रूपमा अवलोकन गर्दै व्यावहारिक ज्ञान हासिल गरे ।

कार्यक्रमका दौरान नेपाल इको प्यानलका प्रोजेक्ट म्यानेजर तथा भूकम्प इन्जिनियर कृष्णसुन्दर कुम्पाखले कच्चा पदार्थदेखि अन्तिम उत्पादनसम्मको सम्पूर्ण प्रक्रिया स्पष्ट रूपमा जानकारी गराउँदै यी आधुनिक निर्माण सामग्री दिगो तथा भूकम्प प्रतिरोधी भवन निर्माणमा कसरी प्रयोग गरिन्छ भन्ने विषयमा विस्तृत रूपमा बताए ।

यसै अवसरमा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले देशभरका विभिन्न कलेज तथा प्राविधिक संस्थाबाट आएका विद्यार्थीहरूलाई उद्योगले नियमित रूपमा सहजीकरण गर्दै आएको जानकारी दिए । उनले सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यासबीचको दूरी घटाउने उद्देश्यले यस्ता भ्रमणहरू महत्वपूर्ण रहेको बताए ।

चककनेपाल इको प्यानल उत्पादन केन्द्र मात्र नभई नेपालमा वातावरणमैत्री निर्माण प्रविधिको प्रवद्र्धन गर्ने एक सिकाइ केन्द्रका रूपमा समेत विकास हुँदै गएको सिइओ दुवालको भनाइ थियो ।