Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

पद्मा लिंखा मगरको शब्दमा ‘मेरा भगवान

०४ शुक्रबार , पौष २०८२१० महिना अगाडि

पद्मा लिंखा मगरको शब्दमा ‘मेरा भगवान

पद्मा लिंखा मगरको शब्दमा ‘मेरा भगवान...’ सार्वजनिक
आमाको ममतामा आधारित ‘मेरा भगवान...’ गीत सार्वजनिक
दिलिजा रुवालीको स्वरमा ‘मेरा भगवान...’ सार्वजनिक
आमाको निस्वार्थ प्रेम समेटिएको ‘मेरा भगवान...’ सार्वजनिक
पद्मा लिंखा मगर र दिलिजा रुवालीको ‘मेरा भगवान...’ गीत सार्वजनिक

विराटनगर — द भ्वाइस अफ किड्स सिजन ४ कि फाइनलिष्ट गायिका दिलिजा रुवालीको स्वरमा रहेको ‘मेरा भगवान...’ गीतको भिडियो सार्वजनिक गरिएको छ । पद्मा लिंखा मगरको श्बद तथा सुरेश बानियाँको संगीत तथा एरेन्जमा गीत तयार गरिएको हो । जन्मदिने आमाको ममता र स्नेहलाई गीतमा सर्वोकृष्ट रुपमा प्रस्तुत गरिएको छ । आमा जीवनको पहिलो गुरु भएकाले  माया, त्याग र सहनशीलताको प्रति मूर्ति आमा सन्तानको सफलताको आधार हुन्। आमाको निस्वार्थ प्रेम र संस्कारले व्यक्तित्व निर्माण गर्छ, त्यसैले आमा सधैं सम्मान र श्रद्धाका पात्र भएको कुरा लाई गीतमा चित्रण गरिएको छ ।
सुनिल भण्डारीको छायाँकन , नविन घर्ती मगरको सम्पादन तथा चित्रा मास्की मगरको निर्देशनमा भिडियो तयार गरिएको छ । भिडियोमा दिलिजा रुवाली, दिपेन्द्र तिमिल्सिना, टिका सानु र सुरेश बानियाँको अभिनय देख्न सकिन्छ।

 

गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस । 
 

https://www.youtube.com/watch?v=zhBvTUknYBY