Advertisement Banner
Advertisement Banner

०५ शनिबार, पौष २०८२20th November 2025, 6:33:20 pm

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

०४ शुक्रबार , पौष २०८२एक दिन अगाडि

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं, ४ पुस । धनुषा, विदेह नगरपालिका १ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ६० मिलिग्राम सहित सबैला नगरपालिका २ बस्ने १९ वर्षीय राहुल ठाकुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    सुनसरी, बराहक्षेत्र नगरपालिका ७ सोमबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९७ ट्याब्लेट र स्पास्पेन १ सय ९७ ट्याब्लेट सहित सोही नगरपालिका(७ पिपल गाछी बस्ने २१ वर्षीय प्रदिप थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    झापा, बुद्धशान्ति गाउँपालिका ३ डाँडागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय बबिन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी झापा, दमक नगरपालिका(३ स्थित भुटानी शरणार्थी शिविरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय आशिष राई, ३८ वर्षीय कुसल प्रधान र ३७ वर्षीय पुर्ण बहादुर राई रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले आशिषको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
    यसैगरी झापा, भद्रपुर नगरपालिका(४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका(९ नरियाबारी बस्ने २४ वर्षीय राजु राजबंशी र २३ वर्षीय पारश गौरेपिप्ले रहेका छ्न् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    यसैगरी झापा, भद्रपुर नगरपालिका(५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम ९० मिलिग्राम सहित सोही नगरपालिका(५ मन्त्रीबस्ती बस्ने २३ वर्षीय राजेन राजबंशीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    सिराहा, लहान नगरपालिका २३ गढिया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका २३ बस्ने ३६ वर्षीय बिजय कुमार साह र ३१ वर्षीय सुरेन्द्र कुमार दास रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    दाङ, राप्ती गाउँपालिका ४ गोपिनालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका(४ बुढिचौर बस्ने २५ वर्षीय भुपाल थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले रा।५ प ५६९१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    सुनसरी, इटहरी उपमहानगरपालिका(५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय सन्तोष दमाईलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं, ४ पुस । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३२ बस्ने कपिलवस्तु शिवराज नगरपालिका(५ घर भएका ५४ वर्षीय पबित्र प्रकाश अधिकारी, काठमाडौं महानगरपालिका ३२ बस्ने भोजपुर षडानन्द नगरपालिका १२ घर भएकी ३३ वर्षीया बबिता विश्वकर्मा र काठमाडौं गोकर्णेश्वर नगरपालिका(५ बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका(९ घर भएका २५ वर्षीय साईरज सुबेदी रहेका छन् ।
पक्राउ मध्ये पबित्रले अल्बानिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, बबिताले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १९ लाख रूपैयाँ र साईरजले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख १४ हजार ५ सय रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पबित्र र बबितालाई काठमाडौं महानगरपालिका(३२ बाट तथा साईरजलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका(८ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ ।

कटुवा पेस्तोल सहित एक जना पक्राउ
तनहुँ, ४ पुस । आँबुखैरेनी गाउँपालिका ४ बेनीटारबाट कटुवा पेस्तोल १ थान सहित बारा सुवर्ण गाउँपालिका(१ बस्ने १९ वर्षीय ओम बाबु प्रसाद यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले बारा कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग।२ ख २७५ नम्बरको बसमा सवार उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
कास्की, ४ पुस
पोखरा महानगरपालिका ३१ बेगनासगाउँ बस्ने ७२ वर्षीया दाल कुमारी परियारको हत्या गरेको अभियोगमा उनकै नाती २१ वर्षीय आशिष परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
आशिषले कुटपिट गर्दा दाल कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ सिआरभि अमरसिंहबाट खटिएको प्रहरीले उनलाई पोखरा महानगरपालिका(९ पृथ्वीचोकबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।