Advertisement Banner
Advertisement Banner

०५ शनिबार, पौष २०८२20th November 2025, 6:33:20 pm

राष्ट्रपति पौडेलद्वारा निर्वाचनसम्बन्धी अध्यादेश जारी

०४ शुक्रबार , पौष २०८२एक दिन अगाडि

राष्ट्रपति पौडेलद्वारा निर्वाचनसम्बन्धी अध्यादेश जारी

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले  प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी भएको बताइएको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारले २०७८ को जनगणनाअनुसार दलित, आदिवासी, खस आर्य, मधेशी, थारु, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसूची १ संशोधन गर्न यो अध्यादेश ल्याएको हो ।