Advertisement Banner
Advertisement Banner

०५ शनिबार, पौष २०८२20th November 2025, 6:33:20 pm

चिसो र शीतलहरका कारण दुई दिन विद्यालय बन्द

०४ शुक्रबार , पौष २०८२एक दिन अगाडि

चिसो र शीतलहरका कारण दुई दिन विद्यालय बन्द

केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण दुई दिन विद्यालय बन्द हुने भएकाे छ । चिसो र शीतलहरका कारण कञ्चनपुर, कृष्णपुर नगरपालिकाले नगरभित्रका विद्यालयहरू दुई दिन बन्द गर्ने निर्णय गरेको हाे ।

चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिकाले बिदा दिने निर्णय गरेको बताइएकाे छ । नगरपालिका क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस ६ र ७ गते बिदा दिने निर्णय गरेकाे नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले जनाएका छन् ।

अत्यधिक चिसोले गर्दा पठनपाठनमा बाधा पुग्न थालेको र विद्यार्थीको स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले जाडो बिदाबाट मिलान हुनेगरी दुई दिन विद्यालयमा बिदा दिने निर्णय गरेकाे हाे । शुक्रबार भुवा पर्वको बिदा र शनिवार सार्वजनिक बिदा भएकाले नगरपालिकाले ६ र ७ गते बिदा दिने निर्णय गरेको बताइएकाे छ ।

केहि दिनदेखि पश्चिम तराईका जिल्लामा मौसममा आएको परिवर्तनका कारण हुस्सु, कुहिरो र शीतलहर चल्न थालेको छ भने दिनभरि घाम नलाग्ने र चिसो हावा चल्ने भएकाले जनजिवन प्रभावित भएको छ ।