
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखाैँ ठगि गर्ने तीनजना पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४९ लाख १४ हजार ५ सय रूपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका-५, घर भई हाल काठमाडौँ-३२, बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२, का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका-९, घर भई हाल काठमाडौँ गोकर्णेश्वर-५, बस्ने २५ वर्षीय साइरज सुवेदी रहेका छन् ।
उनिहरू हिजाे पक्राउ परेकाे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जनाएका छन् ।
पक्राउ परेकामध्ये अधिकारीले अल्बानिया पठाउने भन्दै १९ लाख, विश्वकर्माले क्यानडा पठाइदिने भन्दै १९ लाख र सुवेदीले अमेरिका पठाइदिने भन्दै ११ लाख १४ हजार ५ सय रूपैयाँ लिई सम्पर्कविहीन भएपछि पिडितकाे उजुरीकाे आधारमा पक्राउ गरिएकाे हाे ।
पैसा लिएर विदेश नपठाइ सम्पर्कविहीन भएका उनिहरूलाई पक्रउ गरि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएकाे छ ।


