Advertisement Banner
Advertisement Banner

०५ शनिबार, पौष २०८२20th November 2025, 6:33:20 pm

उपत्यकाकाे तापक्रम घटेसँगै चिसाे बढ्याे

०४ शुक्रबार , पौष २०८२२ दिन अगाडि

उपत्यकाकाे तापक्रम घटेसँगै चिसाे बढ्याे

काठमाडौँ उपत्यकाकाे न्युनतमा तापक्रम घटेसँगे चिसाे बढ्न सुरु भएकाे छ । तापक्रम घटेर बिहान र बेलुकीको समयमा चिसो सिरेटो चल्न थालेसँगै जनजीवनमा चिसाेकाे प्रभाव देखिन थालेको छ ।

काठमाडौँ उपत्यकाकाे न्युनतम तापक्रम बिहान पाैने ६ बजे ५.५ डिग्री सेल्सियस रेकर्ड गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले काठमाडौँ उपत्यकासहित देशभर चिसोको प्रभाव विस्तार पर्न थालेकाे छ ।

मौसमविद्हरूका अनुसार बिहानीपख तापक्रम थप घट्ने सम्भावना रहन्छ । हिजाे बिहीबार पनि बिहान पाैने ६ बजे न्युनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।