Advertisement Banner
Advertisement Banner

०३ बिहिबार, पौष २०८२20th November 2025, 6:33:20 pm

अर्को हप्ता ओली र लेखकसँग बयान लिने तयारी

०२ बुधबार , पौष २०८२५ घण्टा अगाडि

अर्को हप्ता ओली र लेखकसँग बयान लिने तयारी

गत भदाै २३ र २४ गते भएकाे जेनजी आन्दोलनकाे जाँचबुझ आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतसँग बयान लिने तयारी गरेको बताइएकाे छ ।

ओली र लेखक लगायतकालाई पक्राउ गरी बयान लिनुपर्ने चर्चा चलिरहेकाे बेला आज प्रधानमन्त्री कार्कीसँगको भेटपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अर्को हप्ता आयोगले बाँकी रहेका सबैलाई बयानमा बोलाउने तयारी गरेको बताए । साथै प्रधानमन्त्री कार्कीसँगकाे भेटमा अध्यक्ष कार्कीले अर्को हप्ता राजनीतिक नेतृत्वहरूसँग पनि बयान लिन लागिएको जानकारी गराएको हो ।

अध्यक्ष कार्कीले बयान लिनुपर्ने सबैलाई अर्को हप्ता बोलाउने र बयानका लागि नआउनेहरूलाई के गर्ने भन्ने विषयमा पछि नै कुरा गर्ने बताए । अन्तरिम सरकारले जेन–जी आन्दोलनको क्रममा ठुलो धनजनको क्षति भएकाले दोषी उपर कारबाही गर्ने कार्यादेशसहित उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको हाे ।