Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

नेपाली सेनामा ३ सय ८८ जनाको लागि राेजागरी खुल्याे

२७ शुक्रबार , मंसिर २०८२३ घण्टा अगाडि

नेपाली सेनामा ३ सय ८८ जनाको लागि राेजागरी खुल्याे

नेपाली सेनाले ३ सय ८८ जनाको लागि विभिन्न पदमा रोजगारी खुलाएकाे छ । सेनाले शुक्रवार एक सूचना सार्वजनिक गर्दै विभिन्न पदका लागि दरखास्त आह्वान गरेकाे हाे ।

सेनामा रिक्त रहेका प्राविधिक हवाई र विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरू खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरेकाे हाे । जस अन्तर्गत खुल्लातर्फ २ सय ५, महिला ३१, आदिवासी जनजाति ५३, मधेसी ४४, दलित २८ र पिछडिएको क्षेत्रका ७ जना माग गरेको छ ।

यहि मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म र दोब्बर दस्तुर बुझाई मिति पुस २७ गतेदेखि माघ ३ गतेसम्म आवेदन दिनुपर्ने सेनाले जनाएको छ । प्रा.सुको ४ हजार, प्रा.जम. र लेखाको ३ हजार, पण्डित सुद्धा बै ट्रेडका प्रा.अम. र अमल्दार कर्मचारीको २ हार दशतुर शुल्क ताेकिएको छ ।

सेनाकाे सूचना अनुसार मंसिर २६ गतेसम्म १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको (जन्म मिति २०५७/०९/२६ गते देखि मिति २०६४/०९/२६ गतेसम्म) हुनुपर्ने पर्ने जनाइएको छ ।