Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

सुनचाँदीकाे मूल्य बढ्याे

२७ शुक्रबार , मंसिर २०८२३ घण्टा अगाडि

सुनचाँदीकाे मूल्य बढ्याे

केहि समयदेखि नेपाली बजारमा सामान्य घटबढ भइरहेकाे सुनचाँदीको मुल्य आज बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतिताेला ३ हजार ५ सय रुपैयाँ बढेकाे हाे ।

महासंघका अनुसार आज सुनको मूल्य ३ हजार ५ सयले बढेर प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजाे प्रतिताेला २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च २ लाख ५८ हजार पुगेको थियाे भने अहिले पनि उच्चतम रेकर्ड नजिकै पुगेको छ । त्यसैगरि चाँदीकाे मूल्यले पनि केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको छ । आज चाँदी प्रतितोला ३ हजार ९ सय ५ रुपैयाँमा काराेबार भइरहेकाे छ जुन मूल्य हालसम्मकै उच्च हो ।