Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

आजदेखि एसीसी पुरुष यू–१९ एसिया कप हुँदै

२७ शुक्रबार , मंसिर २०८२३ घण्टा अगाडि

आजदेखि एसीसी पुरुष यू–१९ एसिया कप हुँदै

आजदेखि संयुक्त अरब इमिरेट्स यूएईमा एसीसी पुरुष यू–१९ एसिया कप सुरु हुँदैछ । नेपाल उक्त प्रतियाेगितामा भाग लिन यूएई पुगिसकेको छ ।

आजदेखि सुरु हुने पहिलाे खेलमा आज भारत र आयोजक यूएई तथा पाकिस्तान र मलेसियाले खेल्ने छन् । त्यसैगरि नेपालले पहिलो खेल भाेलि श्रीलङ्कासँग खेल्ने छ भने दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने तालिका रहेकाे छ ।  

नेपालले उक्त प्रतियाेगिताकाे सबै खेल सेभेन्स रङ्गशालामा खेल्नेछ भने उक्त प्रतियाेगितामा नेपाल सहित आठ टोली सहभागी हुने छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् ।

दुवै समूहबाट शीर्ष स्थानमा पुग्ने दुई टोलीले सेमिफाइनल खेल्ने छन् भने उपाधिकाे लागि पुस ६ गते प्रतिस्पर्धा हुनेछ ।