Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

देवघाटलाई प्लाष्टिकमुक्त बनाइँदै

२७ शुक्रबार , मंसिर २०८२६ घण्टा अगाडि

देवघाटलाई प्लाष्टिकमुक्त बनाइँदै

चितवनकाे देवघाट क्षेत्रलाई प्लाष्टिकमुक्त बनाउन अभियान थालिएको छ । देवघाट हुँदै बग्ने नारायणी नदीस्थित देवघाट क्षेत्रमा १५.४ प्रतिशत प्लाष्टिकजन्य फोहर भेटिएपछि प्लाष्टिकमुक्त बनाउन अभियान थालिएकाे हो ।

पत्रकारहरुसँग अन्तरक्रिया गर्दै कार्यक्रम गर्दै देवघाट क्षेत्र विकास समितिले उक्त क्षेत्रमा प्लाष्टिक प्रयोग नियन्त्रणका लागि तीनवटै स्थानीय तह र विभिन्न संघ संस्थासँग सहकार्य गरिने जानकारी गराएकाे छ । समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीले प्लाष्टिक प्रयोग नियन्त्रणका लागि जति सक्दाे पहल गर्नका लागि अभियानका रुपमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेकाे बताए ।

देवघाट क्षेत्रविकास समितिमातहत पर्ने ५ हजार ४ सय ३४ हेक्टर क्षेत्रभित्र प्लाष्टिकमुक्त बनाउने लक्ष्य राखिएको छ । उक्त कार्यका लागि सहकार्य गर्दै आएको संस्था सहमतिका अध्यक्ष ओमनाथ सुवेदीले यस कार्यमा सबैले सक्रिय रुपमा सहयोग गर्न अनुरोध गरेका छन् ।