Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

   अवैध लागूऔषध सहित सात जना पक्राउ

२६ बिहिबार , मंसिर २०८२१३ घण्टा अगाडि

    अवैध लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं, २५ मंसिर
     काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब १ किलो ३ सय ५० ग्राम सहित भारतीय नागरिक २२ वर्षीय विशाल कुमार बुधबार राति पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उनको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । 
    मोरङ, विराटनगर महानगरपालिका ४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३१ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी हरिनगर गाउँपालिका ७ बस्ने ५२ वर्षीय हबिब खाँ र सोही गाउँपालिका ४ बस्ने ३० वर्षीय इरसाद आलम रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को।२७ प ६४८१ र बीआर १९ वाई ९०५३ नम्बरको मोटरसाइकलमा समेत बरामद गरेको छ । 
    कैलाली, टीकापुर नगरपालिका(९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय १० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका(१ लम्की चोक बस्ने २० वर्षीय सेराज सल्मानीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
    सिराहा, मिर्चैया नगरपालिका ७ छगरियाबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ५ सय ग्राम सहित उदयपुर ताप्ली गाउँपालिका(२ लेखगाउँ बस्ने ४८ वर्षीय प्रेम बहादुर राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट फुलबरियाबाट खटिएको प्रहरीले बा।४२ प ४७७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  
मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका(३१ बस्ने २३ वर्षीय निरज चौधरी र २१ वर्षीय शिव पासवान रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले म।प्र ०३(०३१ प ६९९० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।