Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

वैदेशिक रोजगारीमा जानेकाे स्वास्थ्य परीक्षण शूल्क ३ हजार बढ्याे

२६ बिहिबार , मंसिर २०८२२ घण्टा अगाडि

वैदेशिक रोजगारीमा जानेकाे स्वास्थ्य परीक्षण शूल्क ३ हजार बढ्याे

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शूल्क ३ हजार बढाइएकाे छ । श्रम तथा रोजगार मन्त्रालयले श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सयबाट बढाएर ९ हजार पाँच सय पुऱ्याउने निर्णय गरेकाे हाे ।

अन्तरिम सरकारकाे प्रधानमन्त्री सुशीला कार्कीले सम्हालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त निर्णय गरेसँगै अहिले जेनजी पुस्ता असन्तुष्ट छ भने सचिव कृष्णहरि पुष्कर कर्णको भूमिका लिएर पश्न समेत उठाएका छन् । ‘जेन–जी’ आन्दोलनको जगमा बनेको सरकार र प्रधानमन्त्री सुशीला कार्कीले नै नेतृत्व गरेको मन्त्रालय ‘श्रमिकमारा’ काममा लागेपछि ‘जेन–जी’हरू क्रुद्ध बनेका हुन् ।

यता वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बुद्धि गर्दा श्रम सचिव कर्णसहितका कर्मचारीले घूस खाएको आरोप समेत लगाइएकाे छ । 

सुदन गुरुङ समूहकी जेन–जी अगुवा सुप्रिया शाहीले ५–६ करोड रुपैयाँ पैसा खाएर नै स्वास्थ्य परीक्षण शुल्क बृद्धि गराएको जानकारी र प्रमाण प्राप्त भएको भन्दै त्यस्ताे क्रियाकलाप गर्ने मन्त्रालयविरूद्ध उत्रिन बाध्य हुने बताइएकाे छ ।

त्यसैगरि वैदेशिक रोजगार व्यवसायी संघले पनि वृद्धि भएको उक्त स्वास्थ्य परीक्षण शुल्क फिर्ता लिन माग गरेको छ ।