Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै

२६ बिहिबार , मंसिर २०८२३ घण्टा अगाडि

अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै

आज नेपाल लगायत विश्वका विभिन्न मुलकमा विभिन्न कार्यक्रम गरि अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै छ । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव र त्यसकाे चुनौतीबारे जनचेतना फैलाउन र विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य गर्ने उद्देश्यका साथ याे दिवस मनाउन लागिएकाे हाे ।

सन् २००३ देखि हरेक वर्षकाे डिसेम्बर ११ मा संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस राष्ट्रसंघका अधिकांश सदस्य मुलुकमा यो दिवस मनाउने गरिएकाे छ । रोमस्थित राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को प्रधान कार्यालयमा आज पर्वतीय जीवन, हिमनदी तथा पर्यावरणसम्बन्धी प्रवचन, प्रदर्शनीलगायत विविध कार्यक्रम आयोजना गरिँदैछ ।

विश्वका दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर रहेकाे र पछिल्ला वर्षहरूमा पर्वतीय वातावरण तीव्र जोखिममा परेकाले पानीकाे स्रोत जोखिममा परेकाे छ भने द्रुत गतिमा हिमनदी पग्लिएर विश्व तापक्रम बढ्ने क्रम जारी रहेकाे छ । जसका कारण अरु हिमनदी पनि हराउने अवस्थामा पुगेकाे छ भने त्यसले जनजिवनमा प्रभाव पर्ने जाेखिम रहेकाे छ ।

त्यसैगरी विश्वको एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या हिमनदीहरूको पग्लेर बनेका ताल फुट्ने सम्भावित जोखिमका कारण अत्यधिक संवेदनशील अवस्थामा रहेका छन् । यो दिवसले यस्ता जोखिम र चुनौतीबारे विश्व समुदायलाई सतर्क गराउँदै पहाड–पर्वत संरक्षण, दिगो विकास तथा सुरक्षित भविष्यका लागि सहकार्यमा जोड दिइने बताइएकाे छ ।