
मंसीर १ गतेदेखि जारी नेपाल प्रिमियर लिग (एनपिएल) काे दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला किर्तिपुरमा दिउँसाे ४ बजे दुई टाेलिबीच प्रतिस्पर्धा हुन लागेकाे हाे ।
यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएकाे विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । हिजाेकाे इलिमिनेटरमा खेलमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेकाे लुम्बिनीसँग विराटनगरले दोस्रो क्वालिफायर खेल्न लागेकाे हाे ।
यसअघि लिग चरणकाे खेलमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियाे । आजकाे दोस्रो क्वालिफायर खेल जित्ने टाेली फाइनलमा पुग्नेछ भने फाइनलमा पुग्ने टाेलीले उपाधिका लागि मंसीर २७ गते सुदूरपश्चिमसँग खेल्नेछ ।


