Advertisement Banner
Advertisement Banner

०२ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

एनपिएलमा लुम्बिनी र विराटनगर भिड्दै

२६ बिहिबार , मंसिर २०८२२ महिना अगाडि

एनपिएलमा लुम्बिनी र विराटनगर भिड्दै

मंसीर १ गतेदेखि जारी नेपाल प्रिमियर लिग (एनपिएल) काे दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला किर्तिपुरमा दिउँसाे ४ बजे दुई टाेलिबीच प्रतिस्पर्धा हुन लागेकाे हाे ।

यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएकाे विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । हिजाेकाे इलिमिनेटरमा खेलमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेकाे लुम्बिनीसँग विराटनगरले दोस्रो क्वालिफायर खेल्न लागेकाे हाे ।

यसअघि लिग चरणकाे खेलमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियाे । आजकाे दोस्रो क्वालिफायर खेल जित्ने टाेली फाइनलमा पुग्नेछ भने फाइनलमा पुग्ने टाेलीले उपाधिका लागि मंसीर २७ गते सुदूरपश्चिमसँग खेल्नेछ ।