
आज नेपाल बार एशोसिएशनले मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जनकपुरधाममा मानव अधिकारस् सुशासन र न्यायको आधार भन्ने नारासहित प्रभातफेरी कार्यक्रम आयोजना गरेको हाे ।
मानव अधिकार दिवसको अवसरमा बारले आजबाट मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी–२०८२ तथा ५१ औँ केन्द्रीय कार्यकारिणी परिषद्को बैठक समेत सुरु गरेको बताइएकाे छ । आजकाे प्रभातफेरी कार्यक्रममा बाेल्दै बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले हरेक वर्ष आफूहरूले मानव अधिकार दिवस मनाउँदै आएको र यस वर्ष भने जनकपुरधाममा मनाउन लागिएको बताएका थिए ।
प्रभातफेरी कार्यक्रममा उपस्थित कानुनकर्मीहरूले सुशासन कायम गर, लोकतन्त्रको जग सबल बनाऊ, नागरिक अधिकारको संरक्षण गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । त्यस्तै कार्यक्रममा वर्षभरीका मानव अधिकारका गतिविधिबारे बहस र छलफल हुने जानकारी दिइएकाे छ भने छलफलपछि बारले जनकपुरधाम घोषणापत्र जारी गर्ने बताइएकाे छ ।


