Advertisement Banner
Advertisement Banner

२५ बुधबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

एनपीएलको एलिमिनेटरमा काठमाडाैँ र लुम्बिनी भिड्दै

२५ बुधबार , मंसिर २०८२२ घण्टा अगाडि

एनपीएलको एलिमिनेटरमा काठमाडाैँ र लुम्बिनी भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटर खेलमा आज काठमाण्डाैँ गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो ४ बजे त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला किर्तिपुरमा हुने खेलमा दुइ टाेलिबीच प्रतिस्पर्धा हुन लागेकाे हाे ।

गत संस्करण नेट रनरेटले साथ नदिएको काठमाण्डाैँ र खराब प्रदर्शन गरेको लुम्बिनी यस पटक प्लेअफमा पुगेका हाे । तर, सुरुवाती जितका बाबजुद बीचमा लय गुमाएका यी टिमले पुनरागमन गर्दै प्लेअफको यात्रा तय गरेकाे थियाे ।

लिग चरणको खेलमा काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेका छन् । यसअघि लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो ।

आजकाे खेल जित्ने टोली दोस्रो क्वालिफायरमा भाेलि विराटनगर किङ्ससँग खेल्नेछ । हिजाेकाे खेलमा पहिलो क्वालिफायरमा विराटनगर सुदूरपश्चिम रोयल्ससंग पराजित भएको थियो ।