
देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाे भएता पनि केहि भागमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मुलुककाे केहि भू–भाग बाहेक अन्य बाँकी भागकाे माैसम मुख्यतया सफा रहने छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । त्यसैगरि राति देशभरको मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएकाे छ ।
काठमाडौँ उपत्यकाकाे बिहान पाैने ६ बजेको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो । त्यस्तै अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने महाशाखाले जनाएकाे छ ।


