Advertisement Banner
Advertisement Banner

२५ बुधबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

काभ्रे सेवा समाज युएईले ल्होछार पर्व मनाउने

२२ आइतबार , मंसिर २०८२२ दिन अगाडि

काभ्रे सेवा समाज युएईले ल्होछार पर्व मनाउने

काभ्रे सेवा समाज युएईले नजिकिँदै गरेकाे सोनाम ल्होछार विविध कार्यक्रम आयोजना गरि मनाउने निर्णय गरेको छ । समाजकाे अध्यक्ष बेता घिसिङको अध्यक्षतामा बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।

आउँदो जनवरी १८ तारिखका दिन विशेष कार्यक्रम आयोजना गरि मनाउने तयारी गरिएकाे सोनाम ल्होछारकाे संयोजक समाजका प्रमुख संरक्षक गोविन्द पन्त र उपसंयोजक रविन्द्र योञ्जनलाई दिने निर्णय गरिएकाे छ ।

त्यसैगरि समाजकाे बैठकले लामो समयदेखि समाजमा आबद्ध विपिन सापकोटालाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेकाे छ भने समाजका संस्थापक तथा पूर्व अध्यक्ष दिल लामा व्यक्तिगत तथा पारिवारिक कारण केहि समय निष्कृय भएकाेमा उहाँलाई समाजमा पुनः स्वागत गर्ने निर्णय गरेकाे छ ।