
केहि दिनदेखि सुनचाँदीको मूल्यमा सामान्य गिरवट हुँदै आएको छ । यसअघि शुक्रबार प्रतिताेला २ लाख ५२ हजार ४ सयमा काराेबार भएकाे सुनकाे मूल्यमा आज सामान्य गिरवट आएर प्रतिताेला २ लाख ५२ हजार २ सय कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज चाँदीको मूल्यमा कमी आएको छ । आज एक तोला चाँदीको मूल्य ३ हजार ५ सय ५ रुपैयाँ निर्धारण गरिएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार १ सय ९८ र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।


