
अहिले मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले माैसम आंशिक रूपमा बदली भएकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिक बदली भएको हाे ।
महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिक बदली हुनुका साथै कोशी,मधेस र सुदूरपश्चिम प्रदेशका तराई भेगका एकदुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ ।
आज दिउँसो देशका अधिकांश भागमा आंशिक बदली हुने पनि महाशाखाले जनाएकाे छ । आज राति कोशी, कर्णाली र सुदूरपश्चिमलगायत गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने र बाँकी तराई भागमा मुख्यतया मौसम सफा रहने छ भने गण्डकी प्रदेशका हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।


