Advertisement Banner
Advertisement Banner

२२ आइतबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

जेनजी आन्दोलनमा ध्वस्त बनाइएकाे भाटभटेनी सुपरमार्केट सञ्चालनमा

२२ आइतबार , मंसिर २०८२४ घण्टा अगाडि

जेनजी आन्दोलनमा ध्वस्त बनाइएकाे भाटभटेनी सुपरमार्केट सञ्चालनमा

गत भदाै २३ र २४ गते भएकाे जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीका गरिएकाे भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा ल्याएको छ । उक्त आन्दोलनका क्रममा गम्भीर क्षति बेहोरेको सुपरमार्केट तीन महिना पछि सञ्चालनमा आएकाे हाे ।  

बालुवाटारस्थित मुख्य गोदाम रुद्री पूजा गरी औपचारिकरूपमा सञ्चालनमा ल्याइएको छ । जेनजी आन्दोलन र विध्वंसकाे कारण नेपालकै सबैभन्दा ठूलो सुपरमार्केट मानिने भाटभटेनीका १२ स्टोरमा तोडफोड, लुटपाट र आगजनी हुँदा झण्डै १२ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको बताइएकाे छ ।

अहिले आगजनी र तोडफोडका कारण बिग्रिएका संरचना, भण्डारण प्रणाली र सामानको व्यवस्थापन पुनः निर्माण तथा मर्मतपछि गोदाम सञ्चालनमा ल्याइएकाे हो । बालुवाटारकाे गाेदाम सञ्चालनसँगै सेवा प्रवाह क्रमशः सहज हुने भाटभटेनीले जनाएको छ।