
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसाे साढे ३ बजे हुने खेलमा दुइ टाेलिबीच प्रतिस्पर्धा हुन लागेकाे हाे ।
एनपीएलको दोस्रो संस्करण अन्तरगतकाे खेलमा समूह चरणबाट बाहिरिसकेकाे कर्णाली र जनकपुर भिड्न लागेका हुन् । प्रतियोगिताको ‘प्लेअफ’ समीकरण पूरा भइसकेको छ भने सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स ‘प्लेअफ’ चरणमा प्रवेश गरिसकेका छन् ।
मंसिर २३ गते हुने पहिलो ‘क्वालिफायर’ मा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्नेछन्। उक्त खेलको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले काठमाण्डु र लुम्बिनीबिच हुने ‘एलिमिनेटर’ को विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो मौका पाउनेछ । प्रतियाेगिता मंसीर २७ गतेसम्म चल्नेछ ।


