
नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारीसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले महानिर्देशक अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उप–प्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, विजय थापा, गुरुदत्त अधिकारी र एक इन्जिनियरिङ कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिपोर्टमा १३ करोड भ्रष्टाचार भएको आरोपमा महानिर्देशक अधिकारीलाई हिजो पक्राउ गरिएको थियो । विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार उनीहरूविरुद्ध प्रतिव्यक्ति १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७६ पैसा बिगो दाबी गरिएको बताइएको छ ।


