
आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा समय गिरावट आएको छ । हिजोको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला सुनको मूल्य २ लाख ५४ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला ३ हजार ६ सय २५ निर्धारण गरिएको छ । हिजो बुधबार एक तोला चाँदी ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।


