
कान्ति राजमार्ग अन्तर्गत एकान्तकुना सडक खण्ड २ महिनाको लागि बन्द गरिने भएको छ । उक्त सडक खण्डमा २ महिनासम्म सवारी आवागमन बन्द गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गर्दै कान्ति राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना खण्डमा २ महिना सवारी आवागमन बन्द गरिने बताइको छ । उक्त सडक विस्तार तथा कटिङ भइरहेकाले मङ्सिर २० गतेदेखि २ महिनासम्म दैनिक बिहान ११ बजेदेखि साँझा ५ बजेसम्म उक्त सडक खण्ड बन्द हुने जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
उक्त आयोजनाको आवश्यक प्राविधिक कार्य छिटो तथा प्रभावकारी रूपमा सम्पन्न गर्न बाटो बन्द गरिएको प्रशासनले जनाएको छ । उक्त अवधिमा कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधन तथा सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।


