Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

आज पोखरा,काठमाडौँ र सुदूरपश्चिम, चितवन भिड्ने

१९ बिहिबार , मंसिर २०८२एक घण्टा अगाडि

आज पोखरा,काठमाडौँ र सुदूरपश्चिम, चितवन भिड्ने

नेपाल प्रिमियर लिग (एनपिएल)काे दोस्रो संस्करण अन्तर्गतको जारी खेलमा आज दुई खेल हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान पाैने १२ बजे पहिलाे र दिउँसाे ४ बजे दाेश्राे खेल हुनेछ ।

आजकाे पहिलाे खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज प्रतिस्पर्धा गर्दैछन भने दिउँसाे ४ बजेकाे दाेश्राे खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । पाँच खेलबाट चार अंक जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न आजकाे खेल जित्नै पर्ने दबाब रहेकाे छ भने यता काठमाडौँले छ खेलबाट आठ अंक जोडेको छ ।

त्यसैगरि सुदूरपश्चिम प्लेअफमा पुगिसकेको छ भने चितवन प्लेअफको बाटोमा रहेको छ । सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा रहँदा पाँच खेलबाट चार अंक जोडेको चितवनलाई प्लेअफका लागि आजकाे खेल जित्नैपर्ने बाध्यता रहेकाे छ ।