Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

सुनचाँदीकाे भाउ निरन्तर उकालाे तर्फ

१८ बुधबार , मंसिर २०८२एक दिन अगाडि

सुनचाँदीकाे भाउ निरन्तर उकालाे तर्फ

नेपाली बजारमा सुनचाँदीकाे भाउ निरन्तर उकालाे तर्फ लागेकाे छ । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव र सुनचाँदीकाे मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारकाे सुनचाँदीको मूल्य निरन्तर उकालो तर्फ लागेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ५४ हजार १ सय कायम भएको छ । हिजाे मङ्गलबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३ सय रूपैयाँ निर्धारण भएको थियो ।

त्यसैगरि आज चाँदीको मूल्य प्रतिताेला १ सय १० रूपैयाँले बढेर ३ हजार ६ सय ५५ रूपैयाँमा काराेबार भएको छ । हिजाे प्रतितोला चाँदी ३ हजार ५ सय ४५ रूपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २ सय २६ र साेही परिमाणकाे चाँदी ५९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको बताइएकाे छ ।