Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

​रौतहटबाट नक्कली नोटसहित तीन जना पक्राउ

१८ बुधबार , मंसिर २०८२एक दिन अगाडि

​रौतहटबाट नक्कली नोटसहित तीन जना पक्राउ

​रौतहटबाट ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले रौतहटको ईशनाथ नगरपालिका-४, लतमरी टोलबाट उनिलाई पक्राउ गरेको हाे ।

इलाका प्रहरी कार्यालय मठिया महुलिया र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मठियाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर०५एटी०९८३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा हिजाे ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित ३ जनालाई पक्राउ गरेको बताइएकाे छ ।

नक्कली नोटसहित पक्राउ पर्नेमा दुई जना नेपाली र एक जना भारतीय नागरिक रहेका रौतहट प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रौतहटकाे देवाही गोनाही न.पा-४, बस्ने सोनालाल राउतका छोरा २० वर्षीय अजय पटेल, सोही ठाउँको रामबाबु पटेलका छोरा २१ वर्षीय गेनालाल पटेल र भारत बिहारका मोतिहारी जिल्ला पुर्वी चम्पारण-२, कुडवा चैनपुर बस्ने वीरेन्द्र सिंहका छोरा २३ वर्षीय जयप्रकाश कुमार रहेका छन् ।

​प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई नक्कली नोट सम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।