Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने

१८ बुधबार , मंसिर २०८२एक दिन अगाडि

विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने

मंसीर १ गतेदेखि जारी नेपाल प्रिमियर लिग (एनपिएल)काे दोस्रो संस्करण अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसाे ४ बजे हुनेछ ।

जारी दोस्रो संस्करणको आजकाे खेलमा सन्दीप लामिछानेको कप्तानीमा विराटनगर किङ्स र रोहितकुमार पौडेलले नेतृत्वमा लुम्बिनी लायन्सबीच कडा प्रतिस्पर्धा हुन लागेकाे हाे । हालसम्म विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ भने लुम्बिनीले पाँच खेलमा दुई खेल मात्र जितेको छ ।

रोहितकुमार पौडेलकाे कप्तानीमा रहेको लुम्बिनीले प्लेअफको सम्भावना जीवित राख्न आजको खेल जित्नुपर्ने दबाब रहेकाे छ । दोस्रो संस्करण अन्तर्गतकाे एनपिएलकाे फाइनल खेल यही मंसीर २७ गते हुनेछ ।