Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

जेनजी आन्दोलनका घाइतेलाई राहत र परिचय पत्र

१६ सोमबार , मंसिर २०८२एक बर्ष अगाडि

जेनजी आन्दोलनका घाइतेलाई राहत र परिचय पत्र

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइतेलाई राहत र परिचय पत्र दिइएकाे छ । चितवन जिल्लाका १४२ जना घाइतेमध्ये ९ जनाले राहत रकम परिचय पत्र लिएका हुन् ।

त्यसैगरि जिल्लाका दुई जना छुटेकाको नाम समावेश गर्न गृह मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले बताएका छन् । गौतमका अनुसार अहिलेसम्म अपेक्षाकृत रुपमा घाइतेहरु परिचय पत्र बनाउन र राहत रकम बुझ्न आएका छैनन् भने कतिपयले सामान्य घाइते भएकाे भन्दै आउन नखोजेको बताइएकाे छ ।

स्थायी ठेगाना अन्य जिल्ला भएका घाइतेहरुले आफ्नो जिल्लाबाट रकम लिएको हुन सक्ने भएकाले दोहोरो नपर्ने गरी काम गर्नुपर्ने बताउँदै गाैतमले स्थायी ठेगाना भएको ठाउँबाट राहत रकम नबुझेको प्रमाण पेस गरे राहत र परिचय पत्र दिने बताए । त्यस्तै घाइतेहरुको वर्गीकरण यही साताभित्र गर्ने तयारी गरिएको पनि उनले जानकारी दिएका छन् ।

जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई राहत स्वरुप सरकारले प्रति व्यक्ती २० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।