Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

अध्ययन बिदामा गएर काममा नफर्केका कर्मचारीसँग रकम असुल गर्ने चेतावनी

१५ आइतबार , मंसिर २०८२५ दिन अगाडि

अध्ययन बिदामा गएर काममा नफर्केका कर्मचारीसँग रकम असुल गर्ने चेतावनी

अध्ययन बिदामा गएर लामो समयदेखि काममा नफर्केका दुई जना कृषि वैज्ञानिक र अन्य तीन कर्मचारीसँग सबै रकम असुल उपर गर्ने चेतावनी दिएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले ती कर्मचारीसँग रकम असुल उपर गर्ने चेतावनी दिएको हाे ।

परिषद्ले एक सूचना जारी गर्दै सात दिनभित्र उनीहरूलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । अन्यथा परिषद्ले उनीहरूको लागि लगानी गरेको सबै रकम असुल उपर गर्ने चेतावनी दिएको हो ।

परिषद्ले आज जारी गरेको सूचनाअनुसार अध्ययन बिदामा गएर काममा नफर्कने वैज्ञानिकहरुमा पहाडी बाली अनुसन्धान कार्यक्रम काभ्रे र दोलखाको वैज्ञानिक किरण बराल र राष्ट्रिय व्यावसायिक बाली अनुसन्धान केन्द्र, खुमलटारका वैज्ञानिक राजु चौधरी रहेका छन् ।

त्यस्तै बागबानी अनुसन्धान केन्द्र किमुगाउँ दैलेखका कृषि प्राविधिक अधिकृत विकास घिमिरे, राष्ट्रिय किट कीट विज्ञान अनुसन्धान केन्द्र, मुखलटारका सुशीलकुमार गैरे र बागबानी अनुसन्धान केन्द्र, किमगाउँ दैलेखका वुद्धिबहादुर अछामी अध्ययन बिदामा गएदेखि काममा नफर्केका हुन । परिषद्का अनुसार उनीहरूमध्ये केही २०७१ सालदेखि नै काममा फर्किएका छैनन् ।

उनीहरूलाई यतिका वर्षसम्म कार्यालयमा हाजीर हुन नसक्नुको कारण र प्रमाणसहित सात दिनभित्र उपस्थित हुन परिषद्ले सूचित गरेको हो । अन्यथा परिषद्ले उनीहरूमा लगानी भएको सबै रकम असुल्ने चेतावनीसमेत दिएको छ ।