
काठमाडौँको बिजुलीबजारमा राजावादीहरूले प्रदर्शन गरेका छन् । शाही युवा शक्ति नेपालको आयोजनामा उनीहरूले प्रदर्शन गरेका हुन् ।
उनिहरूले राजतन्त्र पुनः स्थापनाको माग राखी प्रदर्शन गरेका थिए । राजतन्त्र पुनः स्थापनाको लागि जनदबाब सिर्जना गर्न शान्तिपूर्ण प्रदर्शन गरिएको शाही युवा शक्ति नेपालले जनाएको छ ।
बिजुलीबजारमा गरिएकाे प्रदर्शनमा एक दर्जन बढी युवाहरू सहभागी थिए भने पछिल्लो समय केही समूहहरूले राजतन्त्र पुनः स्थापनाको माग राखी प्रदर्शन गर्ने गरेका छन् । यसअघि


